मंगलबार, वैशाख १८, २०८१

सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगित

नेपालखोज २०७७ वैशाख १५ गते ८:५५

इलाम । इलाममा सञ्चालित एउटा क्वारेन्टाइन स्थगन गरिएको छ । इलाम नगरपालिकाले इलाम सदरमुकाममा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइन स्थगन गर्ने निर्णय गरेको हो । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त अस्पतालमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिका लागि क्वारेन्टाइन राखिएको थियो ।

बैठकमा पछि आवश्यकतानुसार विदेशबाट आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई राख्नुपर्ने भएमा तत्कालै तत्सम्बन्धी निर्णय गर्ने गरी पुनः सञ्चालनमा ल्याउने गरी सो क्वारेन्टाइन कक्षलाई हिजो आइतबारदेखि स्थगन गर्ने निर्णय गरिएको हो । उक्त सामुदायिक अस्पतालको क्वारेन्टाइन कक्षमा खटिएका स्वास्थ्यकर्मीलाई जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा इलाम अस्पतालमार्फत तयारी अवस्थामा राखिएको आइसोलेसन, क्वारेन्टाइन कक्षमा सहयोग तथा समन्वयका लागि पठाउने निर्णय गरेको प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया