हिमालयन बैंकद्वारा लाभांश घोषणा
नेपालखोज
२०७९ पुष ५ गते २०:२७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको चार सय २७ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशत बोनस सेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश कर सहित गरी कुल १९ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।
सम्बन्धित








प्रतिक्रिया