एलोन मस्कले ट्विटरको सीईओको पद छाेड्ने
नेपालखोज
२०७९ पुष ६ गते ९:४५

काठमाडाैं । ट्विटरका नयाँ सीईओ तथा अरबपति एलोन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टिमसँग मात्र काम गर्नेछु । यसअघि एलोन मस्कले ट्वीटरको सीईओ पद छाड्ने कि के गर्ने भनेर ट्वीटरमा ओपिनियन पोल गरेका थिए । उनले नतिजा जे आए पनि स्वीकार गर्ने समेत लेखेका थिए ।
उक्त ओपिनियन पोलमा ५७.५ प्रतिशतले पद छाड्नु पर्ने पक्षमा तथा ४२.५ प्रतिशतले छाडन नहुने पक्षमा अभिमत जाहेर गरे । एलोन मस्कले ट्विटर खरिद गरेदेखि नै उनले ल्याएका परिवर्तनहरूका लागि उनको आलोचना भैरहेको छ । एलोन मस्क टेस्ला र स्पेस एक्सका मालिक तथा संसारका सर्वाधिक धनी मध्येका एक हुन् ।
सम्बन्धित
प्रतिक्रिया