अमेरिका युक्रेनको साथमा उभिनेछ : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलिरहँदासम्म अमेरिकाले युक्रेनको साथ दिने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमणमा छन् । सोही क्रममा राष्ट्रपति बाइडेनले युक्रेनलाई साथ दिने बताएका हुन् ।
‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न’,राष्ट्रपति बाइडेनले भने । यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि भोलोडिमिर जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । भ्रमणमा क्रममा जेलेन्स्कीले जो बाइडेनसँग भेटघाट र त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिएको पुष्टि गरेका छन् ।
यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिनेसमेत वाचा गरेको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो भ्रमणका क्रममा अमेरिकी कांग्रेसलाई पनि सम्बोधन गरेका थिए । उनले युक्रेनले कहिल्यै आत्मसमर्पण गर्न नहुने बताए । साथै उनले हतियारको आवश्यकतामा पनि जोड दिए ।
प्रतिक्रिया