सोमबार, पुष ७, २०८२

नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०७९ पुष ७ गते १५:१७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बंैंकले आज बिहीबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभा मार्फत बैंकले आर्थिक बर्ष २०७८÷०७९ को खुद मुनाफा मध्येबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश रहेको छ ।

गत आवमा बैंकले छ अर्ब २८ करोड रुपैंयाँ सञ्चालन मुनाफा तथा तीन अर्ब ७९ करोड रुपैंयाँ खुद मुनाफा कमाएको थियो । बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी १९ अर्ब तीन करोड रुपैंयाँ पुगेको छ । बैंकको कुल निक्षेप अघिल्लो बर्ष एक खर्ब ७९ अर्ब ४० करोड रुपैंयाँ रहेकोमा २०७८÷०७९ एक खर्ब ८६ अर्ब ७६ करोड रुपैंयाँ पुगेको छ ।

त्यसैगरी कर्जा लगानीतर्फ अघिल्लो बर्ष एक खर्ब ६१ अर्ब ९१ करोड रुपैंयाँ रहेकोमा आव २०७८÷०७९ मा एक खर्ब ६४ अर्ब ८२ करोड रुपैंयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बिच मर्जरमा जाने निर्णय साधारण सभाले पारित गरेको छ ।

बैंकको हाल ८८ वटा शाखा, एक सय ३१ वटा एटिएम, २३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर तथा ५९ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । यि सबै मार्फत बैंकले १० लाख भन्दा बढी ग्राहकहरुलाई बित्तीय सेवा प्रदान गर्दै आएको छ ।

स्तरीय बैंकिङ सेवा प्रदान गरेवापत बैंकले बेलायतको द फाईनान्सियल टाईम्सले प्रदान गर्ने बैंक अफ दि एयर अवार्ड छैटौं पटक २०२२ मा प्राप्त गर्न सफल भएको छ । साथै बैंकले अन्तराष्ट्रिय प्रकाशन युरोमनीले प्रदान गर्ने बैंक बैंक २०१८ र बेष्ठ बैंक २०२१ को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया