सोमबार, पुष ७, २०८२

सानिमा बैंक र स्मल वल्र्डबिच रेमिट्यान्स सम्झौता

नेपालखोज २०७९ पुष ७ गते १८:०२


काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वल्र्ड फाईनान्सियल सर्भिसेजबिच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ । युरोपबाट रेमिट्यान्स पठाउन स्मल वल्र्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरी १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाईममा रकम जम्मा गर्न सकिने छ ।

सानिमा बैंकको रेमिट्यान्स मार्फत यूएई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन्

प्रतिक्रिया