सोमबार, पुष ७, २०८२

टाटा मोटर्सले तयार पार्दै छ पन्चको इभी भर्सन

नेपालखोज २०७९ पुष ९ गते ९:४०

काठमाडौं । टाटा मोटर्सले आफ्ना विद्युतीय गाडीमा पन्चलाई पनि समाबेश गर्ने भएको छ । टाटाले पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रिकमा भर्सनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारि दिएको छ।

टाटाले टियागो इभी एक महिना अघि मात्र सार्वजनिक गरेको थियो। त्यस लगतै पन्चलाई पनि इभीमा ल्याउने तयारी थालिएको थियो ।

समाचारअनुसार टाटाले पन्चलाई दुई ब्याट्री प्याकमा ल्याउने तयारी गरेको छ । यसलाई स्टाडर्ड भेरियन्टमा २६ किलोवाट तथा लङ रेन्ज भेरियन्टमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याकमा बजारमा उतारिने अनुमान छ।

पन्च इभीको इन्टेरियरमा पनि अन्य इलेक्ट्रिक कारको जस्तै सिग्नेचर स्टाइलिङ रहनेछ । यसको इन्टेरियरमा फरकपन देखाउन एसी भेन्ट र सिट कभरको सिलाईमा निलो रंगको प्रयोग गरिने टाटाले जनाएको छ।

यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम , पुस बटम स्टार्ट – स्टप , क्रुज कन्ट्रोल , अटोमेटिक क्लाइमेट कन्ट्रोल ,डिजिटल इन्ट्रुमेन्ट क्लस्टर , इलेक्ट्रीक ओआरभीएम जस्ता फिचर उपलब्ध हुनेछन् । यसैगरी कनेक्टिभीटी फिचरका रुपमा लोकेसन ट्रयाकिङ , रियल टाइम चार्जिङ स्टाटस , रिमोट फेन्सिङ, रिमोट भेहिकल हेल्थ डायनोसिस , चार्जिङ लोकेसन मोवाइलबाटै प्रयोग गर्न सकिने फिचरहरु पनि यसमा समाबेश हुनेछन ।

नयाँ टाटा पन्च इभीमा सुरक्षाका लागि दुईवटा एयरव्याग , इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम , टायर प्रेसर मोनिटरीङ सिस्टम , डाइनामिक गाइड लाइन सहितको रिभर्स पार्किङ क्यामेरा , फलोमी होम हेडल्याम्प आदि पनि रहनेछन ।

प्रतिक्रिया