शुक्रबार, जेठ ३, २०८२

सिचुआनमा कोभिडका बिरामी बढे

नेपालखोज २०७९ पुष १२ गते १८:३२

काठमाडाैं । चीनको सिचुआन प्रान्तमा कोभिड–१९ का बिरामी बढेका छन् । सिचुआनमा गरिएको सर्वेक्षणमा ६० प्रतिशतभन्दा बढीले कोभिड–१९ को परीक्षण गराउँदा सकारात्मक परिणाम आएको बताएका छन् ।

सरकारी अधिकारीहरूले गरेको अनलाइन सर्वेक्षणमा एक लाख ५८ हजार पाँच सयले भाग लिएका र भाग लिएका र ६३ प्रतिशतले आफ्नो परीक्षणको नतिजा सकारात्मक आएको बताए छन् ।

सिचुवान प्रान्तको जनसङ्ख्या ८३ लाख छ । यसैबीच, सिचुआन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिडको परीक्षण नगरेका करिब ३० प्रतिशतले आफूलाई ज्वरो आएको र खोकी लागेको बताएकाले वास्तविक सङ्क्रमितको प्रतिशत बढी रहेको बताएको छ ।

यसै महिनाको प्रारम्भमा कोरोनाभाइरस नियन्त्रणमा सरकारले लचिलो नीति अपनाएपछि बिरामीको सङ्ख्या बढेको हो । कोभिडका बिरामी बढेसँगै ज्वरोको औषधि र ‘एन्टिजेन’ परीक्षण ‘किट’ पाउन कठिन भएको शानडोङ र युनान प्रान्तका केही भागमा तिको मूल्य बढेको छ ।

केही स्थानमा औषधिको अभाव भएको छ । साथै कोरोनाले चीनमा पुनः राष्ट्रव्यापी प्रकोपको रुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया