रेडियो नेपालको वोर्ड सदस्य दिपक पाठक पक्राउ
काठमाडौं । आपूmलाई प्रधानमन्त्री केपी ओलीको ‘किचेन भित्रका’ व्यक्तिका रुपमा परिचित गराउँदै आईरहेको रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साईवर व्यूरोले विद्युतीय अपराध गरेको आरोप उनलाई पक्राउ गरेको हो ।
पाठकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा प्रहरी पक्राउ गरेको जनाइएको छ । प्रचण्डलाई गाली गलौज गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको सामग्री भने उनले हटाईसकेका छन् ।
यस अघि पनि प्रेस काउन्सिल नेपालको कार्यालयमा गएर तोडफोड गरेको आरोप उनलाई प्रहरीले पक्राउ गरी लामोसमयसम्म थुनामा राखेको थियो । अहिले ओली प्रधानमन्त्री भए पश्चात रेडियो नेपालमा बोर्ड सदस्यका रुपमा नियुक्ति भएका उनी आफूलाई बोर्ड सदस्य मात्र नभए रेडियो नेपालको निर्देशकका रुपमा नै परिचित गराउँदै आईरहेका थिए ।
साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो ।
प्रतिक्रिया