आइतबार, मंसिर २८, २०८२

विश्वका सबैभन्दा शिक्षित देश ?

नेपालखोज २०७९ पुष १८ गते १५:३६

काठमाडाैं । अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडी) को शैक्षिक प्रतिवेदनले विश्वमा सबैभन्दा बढी शिक्षित देश कुन हो भनेर देखाएको छ । शिक्षाका बारेमा एउटा प्रचलित भनाइ छ, ‘शिक्षाभन्दा ठूलो हतियार छैन’। यो भनाइ एकदमै सत्य साबित हुन्छ, किनभने विश्वको नक्सामा सबैभन्दा विकसित देशलाई हेर्ने भने एउटा कुरा लगभग उस्तै भेटिन्छ । वास्तवमा ति देशका नागरिक पुर्ण शिक्षित छन् जसका कारण त्यहाँ यति धेरै विकास भएको छ । यही कारणले गर्दा आज विश्वभरका देशहरूमा शिक्षामा अत्याधिक ध्यान दिइन्छ ।

विश्वका विभिन्न भागमा विद्यालय र कलेजहरू खुलिरहेका छन् । तर, के तपाईं लाई थाहा छ संसारमा सबैभन्दा बढी शिक्षित देश कुन हो ? वा कुन देशको जनसंख्या सबैभन्दा शिक्षित छ ? यदि तपाईको दिमागमा यस्ता प्रश्नहरु आएका छन् भने आउनुहोस् आज यसको जवाफ खोजौं र कुन देशको जनसंख्या सबैभन्दा बढी शिक्षित छ भनेर पत्ता लगाउँ ।


आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को तेस्रो शिक्षा प्रतिवेदन-२०२२ ले विश्वका सबैभन्दा शिक्षित देशका बारेमा जानकारी दिएको छ।

ओईसीडीको प्रतिवेदनअनुसार क्यानाडा, जापान र लक्जमबर्ग विश्वका शीर्ष तीन शिक्षित देश हुन् । यहाँ २५ देखि ३४ वर्षको जनसंख्या सबैभन्दा शिक्षित छ । ओईसीडीको तथ्यांक अनुसार शीर्ष दस शिक्षित देश :

दश देशका शिक्षित जनसंख्या

१. क्यानाडा– ५९.९६ प्रतिशत

२. जापान– ५२.६८ प्रतिशत
३. लक्जेमबर्ग– ५१.३१ प्रतिशत

४. दक्षिण कोरिया– ५०.७१ प्रतिशत

५. इजरायल– ५०.१२ प्रतिशत

६. अमेरिका– ५०.०६ प्रतिशत
७. आयरल्याण्ड– ४९.९४ प्रतिशत

८. युनाइटेड किङडम– ४९.३९ प्रतिशत
९. अष्ट्रेलिया– ४९.३४ प्रतिशत
१०. फिनल्याण्ड– ४७.८७ प्रतिशत

राम्रो शिक्षाका कारण सूचीमा परेका धेरै देशमा बेरोजगारी दर २.५ प्रतिशतभन्दा कम छ । यो सूचीमा परेको फिनल्याण्डमा पनि सबैभन्दा बढी ६.७ प्रतिशत बेरोजगारी दर छ । त्यसपछि आयरल्याण्ड ६.६ प्रतिशतमा छ । क्यानाडामा ५.४ प्रतिशत, इजरायलमा ५.०५ प्रतिशत , लक्जेम्बर्गमा ४.६ प्रतिशत , अमेरिकामा ३.७ प्रतिशत, बेलायतमा ३.६ प्रतिशत, अष्ट्रेलियामा ३.५ प्रतिशत, जापानमा २.६ प्रतिशत र दक्षिण कोरियामा २.५ प्रतिशत बेरोजगारी छ ।

प्रतिक्रिया