सिद्धार्थ बैंक ’द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक ’द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ’एचआरएम-कर्पोरेट एक्सेलेन्स इन फाइनान्सियल इन्टिट्युसन’ को विधामा उक्त अवार्डबाट सम्मान जानकारी दिएको छ ।
पुस १४ गते आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा विप्रेषण व्यवसाय एकाइका प्रमुख पंकज पन्तले ग्रहण गरेका हुन् । ग्राहकहरुप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा-४ एक्स्टेन्सन् काउन्टर सहित, २१५ एटिएम, ११८ शाखारहित बैंकिङ सेवा र एक हजार आठ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया