कारागारमा यौन दुर्व्यवहार, मानवअधिकार आयोगले पठायो नोटिस
नेपालखोज
२०७९ पुष १९ गते १०:०८

भारत । भारतको राष्ट्रिय मानवअधिकार आयोगले राजधानि दिल्लीस्थित तिहाड कारागारमा २२ वर्षीय कैदीप्रति सहकैदीबाट भएको यौन दुव्र्यवहारको छानबिन सुरु गरेको छ । पीडित कैदीको उपचार भइरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले यस सम्बन्धमा दिल्लीका मुख्य सचिव तथा तिहाड जेलका महानिर्देशकलाई नोटिस पठाएर ४ हप्ताभित्र प्रतिवेदन पेश गर्न भनेको छ । आयोगले छानबिनका लागि घटनास्थलमा टोली पठाउने निर्णय समेत गरेको छ ।
आयोगले पीडित कैदीको हालको स्वास्थ्य अवस्था, गल्ती गर्ने अधिकारी र अभियुक्तलाई भएको कारबाही अध्ययन गर्नुपर्ने बताएको छ । आयोगले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि आग्रह गरेको छ ।
मिडिया रिपोर्टका अनुसार ३० डिसेम्बरमा तिहाड जेलमा २२ वर्षीय कैदीमाथि यौन दुव्र्यवहार भएको थियो । पीडित अझै अस्पतालमै भएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया