बिहीबार, जेठ २, २०८२

पाकिस्तानको आरोपप्रति आक्रोशित तालिबान सरकार, जिम्मेवारी सम्झायो

नेपालखोज २०७९ पुष २० गते ११:२८

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गर्ने इच्छा व्यक्त गर्दै पाकिस्तानलाई कडा जवाफ दिएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘अफगानिस्तानको सरकार पाकिस्तानलगायत आफ्ना छिमेकीहरूसँग शान्तिपूर्ण सम्बन्ध चाहन्छ र यसलाई प्राप्त गर्न कुनै पनि माध्यममा विश्वास गर्छ।’

हालै, पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानको बारेमा एक बयान दिए, जसलाई तालिवान प्रवक्ताले खेदजनक भनेका छन् । अफगानिस्तानले आफ्नो भूमि पाकिस्तान वा अन्य कुनै देशविरुद्ध प्रयोग हुन नदिने प्रयास गरिरहेको छ । हामी यसमा प्रतिबद्ध छौं, तर स्थिति समाधान गर्ने जिम्मेवारी पाकिस्तानको पनि छ । निराधार र उत्तेजक कुरा नगर्नुहोस् किनकि यस्ता कुरा र अविश्वास कसैको लागि हितकारी हुँदैन ।

उनले अफगानिस्तानले आफ्नो देश र सम्पूर्ण क्षेत्रमा शान्ति र स्थिरता चाहेको बताए । यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानको भूमि पाकिस्तानविरुद्ध अतिवादका लागि प्रयोग भइरहेको आरोप लगाएका थिए ।

पाकिस्तानमा हालै भएका केही चरमपन्थी हमलाहरूमा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) को नाम आएपछि दुई देशबीचको यो टकराव देखिएको हो । त्त्ए लाई पाकिस्तान तालिबान पनि भनिन्छ जुन अफगान तालिबानसँग सम्बन्धित मानिन्छ। -बीबीसी

प्रतिक्रिया