शनिबार, वैशाख १३, २०८२

उपयोगी लसुन !

नेपालखोज २०७९ पुष २३ गते ८:५०

लसुन हजारौं वर्षदेखि मानिसलाई मनपर्ने स्वादका रुपमा प्रयोग हुँदै आएको छ । यसलाई पुरातन संस्कृतिमा चिकित्सा उपचारमा समेत प्रयोग गरिएको थियो । यसको औषधीय गुणहरू प्रमाणीत पनि भएका छन्। लसुनको सेवनले शरीरलाई अचम्मको स्वास्थ्य लाभ दिन्छ ।

चिसो : लसुन खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ जसले गर्दा रुघाखोकी आदि लाग्दैन । एक अध्ययन अनुसार लसुन खाँदा बिरामी हुने जोखिम ६१ प्रतिशतले कम हुन्छ ।

कोलेस्ट्रोल तथा उच्च रक्तचाप : रगतमा खराब कोलेस्ट्रोल जम्मा हुँदा रक्तचाप बढ्छ जसका कारण हृदयाघातको जोखिम उच्च हुन्छ। लसुन खाएर उच्च कोलेस्ट्रोल तथा उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

अल्जाइमर्स र डिमेन्सिया : फ्रि-रेडिकलका कारण अक्सिडेटिभ तनावले मस्तिष्कको बुढ्यौली बढाउँछ भने अल्जाइमर र डिमेन्सिया जस्ता रोगहरू निम्तिन्छन । लसुनमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव कम गर्छ । कमजोरी-थकान : लसुन खेलाडीहरूका लागि बिशेष लाभदायक छ । लसुन खाँदा थकान र कमजोरी हट्छ ।

हड्डी बलियो हुन्छ : लसुनले हड्डीलाई मजबुत बनाउँछ, जसका कारण बुढेसकालमा हड्डी कमजोर हुँदैन । यसको सेवनले महिलामा एस्ट्रोजन हर्मोन बढ्छ ।

डिटोक्स : लसुनमा पाइने सल्फर कम्पाउन्डले सिसा जस्ता धातुले हुने क्षतिलाई हटाएर शरीरको सबै फोहोर सफा गर्छ ।

जोर्नी वा मांसपेशीको दुखाइ : यदि आफ्नो जोर्नी वा मांसपेशिहरुमा पीडा हुन्छ भने लसुन खानुपर्छ । लसुनमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । जाडोमा लसुनको सेवनले शरीरलाई न्यानो पनि राख्छ ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया