मंगलबार, वैशाख १६, २०८२

प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार पश्चात तीन खर्ब ४० अर्ब पुग्यो कुल सम्पती

नेपालखोज २०७९ पुष २६ गते ११:१७

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ती गरी आज मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो । एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधि सभा सदस्य समेत रहेका बैंकका पुर्व अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन ।

एकीकृत कारोबार पश्चात प्रभु बैंक सञ्चालक समितीको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंक कैं अशोक शेरचन रहेका छन । एकीकृत कारोबार पश्चात बैंकको चुक्ता २३ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ ।

यसैगरी बैंकको कुल सम्पती तीन खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ भने कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । एकीकृत कारोबार पश्चात बनेको प्रभु बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।

कुल ग्राहक संख्या ३० लाख भन्दा बढी रहेको बैंकको एकीकृत कारोबार पश्चात सबै क्षेत्रमा गरी तीन सय ६५ वटा शाखा, तीन सय नौ वटा एटीएम काउन्टर र ७२ वटा एक्सटेन्सन काउन्टर पुगेको छ ।

प्रतिक्रिया