प्रधानमन्त्रीले भने, ‘कांग्रेसलाई केही दिने सहमति भएको छैन’
नेपालखोज
२०७९ पुष २६ गते १८:२८

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको बताएका छन् ।
प्रतिनिधि सभामा मंगलबार विश्वासको मत पाएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले आज पाएको विश्वासको मतले जिम्मेवारी थपिएको बताए ।
आजको संसद बैठकमा उपस्थित २७० सांसद मध्ये प्रधानमन्त्री प्रचण्डलाई २६८ जना सांसदले विश्वासको मत दिएका छन् । नेमकिपा र जनमोर्चाले मात्रै विपक्षमा मतदान गरेका थिए ।
नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया