युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज हुने
नेपालखोज
२०७९ पुष २७ गते १७:१८

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै कम्पनीहरुले मंगलबार गाभ्ने, गाभिने अर्थात मर्जर सम्वन्धी सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सहमती पत्रमा युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितीका संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सको तर्फबामट सञ्चालक तथा मर्जर समितीका संयोजक चिरञ्जीवी द्धाले हस्ताक्षर गरेका छन् । दुबै संस्था एकआपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी रहने सहमती भएको छ ।
सम्बन्धित








प्रतिक्रिया