सोमबार, पुष ७, २०८२

प्राईम कर्मसियल बैंकको १५ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ पुष २९ गते १८:०५

काठमाडौं । प्राईम कर्मसियल बैंकको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट, ववरमहल, काठमाडौंमा बैंकले बिहिबार बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस सेयर दिने निर्णय भएको छ । चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरूकोतर्फबाट तीन जना सञ्चालकहरुमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूकोतर्फबाट दुई जना सञ्चालकहरुमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया