आइतबार, वैशाख १४, २०८२

नियमित अभ्यासका लागि इटाली फर्किए रोनाल्डो

नेपालखोज २०७७ वैशाख २४ गते १४:३८

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली फर्किएका छन् । इटालियन सिरिए क्लब युभेन्ट्सले नियमित अभ्यासका लागि आफ्ना खेलाडीलाई बोलाएपछि रोनाल्डो पनि पोर्चुगलबाट इटाली फर्किएका हुन् ।

करिब दुई महिना पोर्चुगलमा बिताएर उनी सोमबार अबेर इटाली आइपुगेका हुन् । पाँच पटकका ‘बेलन डी ओर’ विजेता ३५ वर्षीय रोनाल्डो आफ्नो व्यक्तिगत जेटमा परिवारसहित इटाली आइपुगेको समाचारमा जनाइएको छ ।

इटालीमा उनले दुई साता क्वारेन्टाइनमा बिताउनेछन् । त्यसपछि मात्र उनी नियमित अभ्यासमा सहभागी हुनेछन् ।

इटालीको सरकारले पनि खेलाडीलाई सामाजिक दूरी कायम राख्दै नियमित अभ्यासमा फर्कन अनुमति दिएको छ । यद्यपि, इटालीमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन ।

प्रतिक्रिया