शनिबार, जेठ ४, २०८२

तालिबानलाई अवज्ञा गर्दा जेल परेकी महिला दोस्रो पटक देश छोड्न बाध्य

नेपालखोज २०७९ माघ ९ गते ७:५०
वाहिदा अमिरी

काठमाडाैं । तालिबानले सत्ता कब्जा गर्नुअघि वाहिदा अमिरी एउटा पुस्तकालयमा काम गर्थिन् । तर तालिबानले महिलाहरूको अधिकार खोस्न थालेपछि उनीहरूविरुद्धबोल्न आँट गर्ने व्यक्तिमध्ये उनी पनि थिइन्। उनले बीबीसीकी सोदाबा हैदरसँग तालिबान शासनविरुद्ध बोलेकै कारण आफू गिरफ्तारमा परेको र पछि देश छोड्न बाध्य भएको बताएकी छन्।

‘तालिबानले मलाई जासुस ठहर गर्‍यो, तालिबानविरुद्ध विद्रोह सुरु गर्न सघाएको र चर्चामा आउन सडकमा गएको आरोप ममाथि लगायो,’ अमिरी भनिन् ।

उनीहरूमध्ये एकले मलाई भने, ‘घर जाऊ र खाना पकाऊ ।’ तर म अफगान महिलाहरूका लागि समान अधिकार चाहन्थेँ। सत्य यही हो । उनीहरूको पढ्न पाउने अधिकार, काम गर्ने र सुनिने अधिकार। के मेरो माग अस्वाभाविक थियो र ?

उनीहरू हामीलाई गिरफ्तार गर्न आएको दिन काबुलमा डरलाग्दो शून्यता छायो । त्यतिखेर तालिबानविरुद्ध प्रदर्शन गर्ने धेरै महिलाहरूलाई लगिँदै थियो। त्यसैले हामीलाई सुरक्षित घरमा सारिएको थियो।

तालिबानले अफगानिस्तान कब्जा गरेपछिका केही महिना म उनीहरूको विरोध गर्न सडकमा देखिने आँटिली महिला थिएँ।

मैले उनीहरूका आँखामा हेरेर भनेकी थिएँ, ‘तिमीहरूले मलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्न पाउँदैनौ। म महिला हुँ र म तिमीहरू बराबर हुँ।’ अहिले म लुकेर बाँचिरहेकी छु। मेरो अपराध के हो थाहा छैन, तर उनीहरू मलाई खोज्दै यहाँ पनि आउन सक्छन्।

एक्कासि भवनको बाहिर गाडीको रोकिएको आवाज सुनियो । मैले त्यहाँ उपस्थित गाडी वा सिपाहीहरूको सङ्ख्या गन्न सकिनँ । तयारी देख्दा लाग्थ्यो – उनीहरू आफ्नो देशमा स्वतन्त्र रूपमा बाँच्न पाउने मागसहित आन्दोलनरत केही महिलाहरूलाई मात्र होइन पूरै गाउँलाई पक्राउ गर्न आएका हुन् ।

उनीहरू कोठामा छिर्दा मेरा साथीहरूको चिच्याहटबीच मैले सुनेँ: ‘के यहाँ वाहिदा अमिरी छिन्? के तिमीहरूले उनलाई देख्यौ? उनी कहाँ छिन्?’ मलाई लाग्यो, ‘अब सबै कुरा सकियो । म मर्छु।’ बीबीसी

प्रतिक्रिया