मंगलबार, वैशाख १६, २०८२

यो साता नेप्से : १३ अर्ब १० लाखको सेयर किनबेच

नेपालखोज २०७९ माघ २० गते ११:४०

काठमाडौं । यो साता नेप्से दुई हजार ९४ दशमलव ५४ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ३७ अंकमा सीमित भएको छ । सातामा कुल दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ३९ हजार चार सय ९८ पटकको कारोबारमा तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम १३ अर्ब ७२ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकै बराबरको है ।

गत साता भने नेप्सेमा दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौ सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये चौंथो दिन नेप्से बढेपनि बाँकी चार कार्य दिन लगातार नेप्से घटेको थियो ।

सो अनुसार पहिलो दिन १४ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलव ५३ अंकमा सिमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिनपनि २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा खुम्चिन पुगेको थियो । यसबाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन दुई दशमलव ८३ अंकले घटेर चार सय १० दशमलव ३१ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि दुई दशमलव ८० अंकले घटेपछि तीन सय ९८ दशमलव ३७ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता एनआईसी एशिया बैंक, रिडी हाईड्रो पावर कम्पनी, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरुको बढी रकम कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा भने यो साता रिडी हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया