पाकिस्तानका फास्ट बलर शाहिन शाह अफ्रिदी शाहिद ज्वाइँ बने
नेपालखोज
२०७९ माघ २१ गते १९:२५

काठमाडौं । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले शुक्रबार शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् । यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए ।
सो अवसरमा सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्विर र भिडियोमा दुवै परिवारका आफन्त र साथीभाइहरु देखिएका थिए । मानिसहरूले शाहिन र शाहिद अफ्रिदीलाई बधाई दिइरहेका छन् । पाकिस्तानको चर्चित अखबार द न्युज इन्टरनेशनलले पनि यो विवाहको तस्विर ट्वीट गरेको छ । -बीबीसी हिन्दी
सम्बन्धित
प्रतिक्रिया