२३ हजारभन्दा बढीको मृत्यु, पीडितका लागि थप आर्थिक सहायता उपलव्ध गराउन आह्वान
नेपालखोज
२०७९ माघ २८ गते ६:५८

काठमाडाैं । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा धेरै पुगेको छ । भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको बीबीसीले जनाएकाे छ । चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् ।
टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया