बिहीबार, जेठ २, २०८२

टर्कीमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या २८ नाघ्यो

नेपालखोज २०७९ माघ २९ गते ९:२९

काठमाडाैं । टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ ।

भूकम्पमा परी कैयन हराइरहेका छन् । त्यसैले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । भूकम्प गएको ६ दिन बिते पनि भग्नावशेषबाट जिउँदै निकाल्ने आशा अझै मरेको छैन ।

संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था गर्न आवश्यक छ । यहाँ, पछिल्लो ३० वर्षमा पहिलो पटक टर्की र आर्मेनिया बीचको अलिकन पोष्ट मानवीय राहत प्रदान गर्न खोलिएको छ।

खाना, पानी र औषधि बोकेका ट्रकहरूले पहिलो पटक यो पोष्ट पार गरे। यी दुई छिमेकीबीच दशकौंदेखि सीमानाका बन्द छन् र सम्बन्ध पनि चिसो छ ।

प्रतिक्रिया