आइतबार, वैशाख १४, २०८२

इंग्लिस क्लबले टेलिभिजनलाई ३४० मिलियन पाउन्ड फिर्ता गर्नुपर्ने

नेपालखोज २०७७ वैशाख ३० गते १४:३०

काठमाडौँ । इंग्लिस प्रिमियर लिगका क्लबहरूले ठूलो रकम टेलिभिजनलाई फिर्ता गर्नुपर्ने भएको छ।

कोरोनाका भाइरस ९कोभिड–१९०का कारण रोकिएको लिग पुनः सुरु भए पनि क्लबहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रोडकास्टरलाई रकम फिर्ता गर्नुपर्ने भएको हो।

सोमबार क्लबहरूलाई ३४० मिलियन पाउन्ड टेलिभिजनलाई फिर्ता गर्नुपर्ने सर्त अघि सारिएको थियो। सिजन छोटो भएमा वा रेलिगेसन खारेज गरियो भने यो आँकडा झन् बढ्न सक्ने बताइएको छ।

त्यस्तै, न्युट्रल भेन्युमा खेलाउनेबारे पनि क्लबले अनुसन्धान गरेको थियो। सिजनका बाँकी खेल दर्शकबिना खेलाइँदा, न्युट्रल भेन्यु र पहिले तोकिएको मितिभन्दा भिन्नै समयमा खेलाइने भएपछि पैसा टेलिभिजनले फिर्ता पाउनुपर्ने बताइएको छ।

खेल पुनः सुरु गर्ने योजना सम्बन्धमा सोमबार क्लब अफिसियलको बैठकले रकमबारे यस्तो निष्कर्ष निकालेका हुन्।

प्रिमियर लिगका अध्यक्ष रिकार्ड मास्टरले यो सिजन रद्ध भएमा एक बिलियन घाटा लाग्ने अनुमान गरेका थिए।

“हामी आज ९महामारीको समयमा० पनि क्लबहरूलाई अध्यावधिक गर्न सक्षम छौं र हाम्रो ब्रोडकास्टरसँगको सम्झौता गोप्य रहने छ,” मास्टरले बैठकपछि भने, “तर, जस्तो सिजन सुरु भए पनि क्लबको आयमा उल्लेखनीय घाटा हुनेछ।” -एजेन्सी

प्रतिक्रिया