भारत ‘स्कच व्हिस्की’को सबैभन्दा ठूलो खरिदकर्ता

एजेन्सी । भारतका कतिपय क्षेत्रमा बिषालु घरेलु मदिराका कारण गरिब मानिसहरुको मृत्युु भएको समाचार बेलाबेलामा आइरहन्छ । यद्यपि पछिल्लो तथ्यांक अनुसार फ्रान्सलाई पछाडि छोडदै भारत स्कच ह्विस्कीको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । व्हिस्की निर्माताहरूले सन् २०२२ मा २१.९० करोड ह्विस्कीका बोतल भारत निर्यात गरेका थिए ।
जुन २०२१ को तुलनामा ६० प्रतिशतले बढी हो । यो जानकारी स्कच व्हिस्की एसोसिएसनले दिएको हो । रुपैयाँका हिसाबले यो सुचिमा अमेरिका अहिले पनि सबैभन्दा अगाडि छ । सन् २०२२ मा अमेरिकाले १.२७ अर्ब डलरको ह्वीस्की आयात गरेको थियो । यो सूचीमा भारत पाँचौं नम्बरमा छ । स्कच लामो समयदेखि भारतमा प्रतिष्ठित मदिरा मानिदै आएको छ । स्कचले अझै पनि विश्वको सबैभन्दा ठूलो व्हिस्की बजारको २ प्रतिशत भाग मात्र ओगटेको छ ।
मिश्रित व्हिस्की भारतीय उपभोक्ताहरूको पहिलो रोजाइ रहदै आएको छ । यस सँगै भारतमा महँगो सिंगल माल्ट रक्सीको माग पनि बढिरहेको छ । यसको एउटा प्रमुख कारण सांस्कृतिक परिवर्तन तथा भारतीय ग्राहकहरूको बढ्दो क्रयशक्ति लाई मानिएको छ । पछिल्लो दशकमा भारतमा स्कच ह्विस्कीको आयात २०० प्रतिशतले बढेको छ । निर्यातकर्ताहरूले भारतीय बजारलाई ठूलो अवसरका रूपमा हेरिरहेका छन् ।
भारतले आयातित ह्वीस्कीको प्रत्येक बोतलमा १५० प्रतिशत कर लिन्छ जसका कारण भारतीय बजारमा विदेशी ह्विस्की महँगो मुल्यमा बिक्री हुने गरेको छ । स्थानीय तहका मदिरा व्यवसायीले कम कर तिर्ने र बजारमा सस्तो मूल्यमा मदिरा पाइने भएकाले यसको फाइदा स्थानीय तहका मदिरा व्यवसायीले पाउने विश्वास छ । स्कच ह्विस्की एसोसिएसनले भारत तथा बेलायतबीच व्यापार सम्झौता गरि कर घटाईए भारतमा स्कच ह्विस्कीको निकासी अझै बढ्न सक्ने कुरा बताएको छ ।
प्रतिक्रिया