बिहीबार, जेठ २, २०८२

रुसमा इन्स्टाग्राम स्टोरीका कारण १० वर्ष जेल हुनसक्छ

नेपालखोज २०७९ फागुन ३ गते १२:३६

काठमाडाैं । रुसको विश्वविद्यालयकि एक छात्रालाई १० वर्षको सजाय हुन सक्छ । कारण, युक्रेन युद्धको समयमा इन्स्टाग्राममा पोस्ट गरिएको एउटा स्टोरी । ओलेस्या क्रिवटसोवा पछिल्ला केही दिनदेखि विश्वविद्यालय जान सकेकि छैनन । उनी घरमै नजरबन्द छन् । २० वर्षीया ओलेसियाको खुट्टामा इलेक्ट्रोनिक ट्याग जडान गरिएको छ र पुलिससँग उनका बारेमा अद्यावधिक जानकारी छ ।


ओलेसियाको कथित अपराध हो- उनले युक्रेन-रुस युद्धलाई लिएर युद्धका बिरूद्ध सोशल मिडियामा पोस्ट गरिन । उनको यो पोस्ट क्राइमियाको पुल उडाईएको बिषय सँग सम्बन्धित थियो । ओलेसियाले भन्छिन्- मैले इन्स्टाग्राममा क्राइमियाको पुलसँग सम्बन्धित कथा पोष्ट गरेकि थिएँ । मैले मेरो साथीको युद्धसँग सम्बन्धित पोस्ट पनि सेयर गरेकि थिएँ । यी पोस्टहरू पछि म मेरी आमासँग फोनमा कुरा गर्दै थिएँ । त्यसपछि कसैले ढोका ढकढक्यायो । ढोका खोल्ने बित्तिकै पुलिस आयो र मेरो फोन खोसेर मलाई भुइँमा लडायो ।


ओलेसियामाथि आतंकवादको औचित्य प्रमाणित गरेको तथा रूसी सेनाको योगदानलाई अस्वीकार गरेको आरोप लगाइएको छ। यी आरोपमा उनलाई १० वर्षको लागि जेल हुन सक्छ। ओलेसियालाई अदालत- घर आउन- जान मात्र अनुमति छ।
ओलेसियाले भनिन्, “मलाई सोसल मिडियाको एउटा पोस्टले यति ठुलो समस्या निम्त्याउन सक्छ भन्ने लागेको थिएन । ओलेसियाको हातमा पुटिनको ट्याटु पनि छ, जसमा लेखिएको छ- बिग ब्रदर तपाईलाई हेर्दै हुनुहुन्छ।

प्रतिक्रिया