बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला
नेपालखोज
२०७९ फागुन ६ गते १२:१४

काठमाडाैं । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ ।
आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ । यस विषयमा अनुसन्धान जारी छ ।
सम्बन्धित
प्रतिक्रिया