अफ्रिकामा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफ्रिका महाद्वीपमा बढ्दो हिंसाविरुद्ध लड्न र लोकतान्त्रिक स्वतन्त्रताको प्रवद्र्धन र ‘शान्तिका लागि कदम चाल्नुपर्ने’ बताए । अदिस अबाबामा अफ्रिकी सङ्घ (एयू) को वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा गुटेर्रेसले भने, ‘प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा सशस्त्र समूहहरूद्वारा हालै गराएका हिंसा र साहेल र अन्य ठाउँमा आतङ्कवादी समूहहरूको उदयप्रति म ‘निकै चिन्तित’ छु ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, साहेल र अन्य क्षेत्रमा युद्धविरामका लागि अफ्रिकी नेताहरूले दबाब दिन बैठक गरिरहेका छन् जहाँ एम २३ लडाकूले धेरै भूभाग कब्जा गरेको छ र किन्सासा र रुवान्डाबीच कूटनीतिक विवाद उत्पन्न गरेको छ, जसलाई विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाइएको छ । सन् २०२० देखि माली, गिनी र बुर्किना फासोजस्ता साहेल राष्ट्रमा ‘कू’ को लहर चलेको छ ।
प्रतिक्रिया