बिहीबार, जेठ २, २०८२

सबैभन्दा ठूलो पिज्जा

नेपालखोज २०७९ फागुन ८ गते १२:४५

काठमाडाैं । के तपाईँलाई पिज्जा मनपर्छ ? त्यसोभए तपाईं कति ठूलो पिज्जा खान सक्नुहुन्छ ? के तपाईं संसारको सबैभन्दा ठूलो पिज्जा प्रयास गर्न चाहनुहुन्छ ? अमेरिकाको लस एन्जलसमा संसारकै सबैभन्दा ठूलो पिज्जा तयार पारिएको छ ।

यो पिज्जा १४ , १०१ वर्ग फुटको छ अर्थात लगभग १ , ३०० वर्ग मिटर । यो पिज्जा बनाउने काम फास्ट फुड चेन पिज्जा हटले गरेको थियो ।

यसअघि सबैभन्दा ठूलो पिज्जाको कीर्तिमान टेक्सासको एक रेष्टुरेन्टको नाममा थियो जसले करिब ७ हजार स्क्वायर फिटको पिज्जा तयार पारेको थियो । अमेरिकामा वार्षिक ३ अर्ब पिज्जा खपत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया