बिहीबार, जेठ २, २०८२

कहाँ घट्दै छ जनसंख्या, कहाँ बढ्दै छ ?

नेपालखोज २०७९ फागुन ८ गते १३:१४

काठमाडाैं । विश्वको जनसङ्ख्या आठ अर्ब नाघे पनि चीनलगायत धेरै देशको जनसङ्ख्या घट्दै गएको छ । हेरौं संसारका कुन- कुन कुनामा कस्तो परिवर्तन आउँदैछ ?

धेरै देशको जनसंख्या घट्दै गएको छ र यो गिरावट जारी नै रहनेछ । यसरी जनसंख्या घटनुमा खर्च बढ्नु, धेरै महिला रोजगारीमा लाग्नु , सन्तान ढिलो जन्मनु जस्ता कारणहरु जिम्मेवार छन् । यी सबैका कारण कतिपय देशमा पहिलेको तुलनामा थोरै बच्चा जन्मिरहेका छन्। गत वर्ष चीनको जनसङ्ख्या ६० वर्षमा पहिलो पटक घटेकाले यो वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चिनले यो पहिचान गुमाउने अनुमान गरिएको छ । सन् २१०० सम्ममा चीनको जनसङ्ख्या १.४ अर्ब हुन सक्छ भने भारतले चीनलाई जनसंख्याको मामिलामा प्रतिस्थापन गर्न सक्छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२२ को जुलाईमा दिएको तथ्याङ्कअनुसार विगत १० वर्षमा एक करोडभन्दा बढी जनसंख्या भएका आठ वटा देशको जनसंख्या घटेको छ जसमा युक्रेन , ग्रीस, इटाली , पोल्याण्ड , पोर्चुगल , रोमानिया जस्ता युरोपेली देशहरू छन्। यो सूचीमा जापान र सिरिया मात्र गैर-युरोपियन देश हुन् । सिरियामा सन् २०११ देखि युद्ध चलिरहेको छ र यसले देशको जनसंख्यामा गहिरो प्रभाव पारेको छ । यद्यपि सिरियाको जनसङ्ख्या आगामी वर्षहरूमा बढ्ने अनुमान गरिएको छ। बाँकी सात देशमा जनसंख्या घट्ने क्रम जारी रहनेछ ।

जापानमा बृद्धबृद्धाको संख्या बढी भएका कारण देशको कुल जनसंख्या घट्दै गएको छ । त्यहाँ आप्रवासीहरुको संख्या पनि घट्दै गएको छ । २०११ देखि २०२१ को बीचमा जापानको जनसंख्या ३ मिलियन भन्दा बढीले घटेको छ ।

सन् २०३० सम्ममा रुस, जर्मनी, दक्षिण कोरिया तथा स्पेनको जनसङ्ख्या पनि घट्न थाल्नेछ । सन् २०५० सम्ममा थाइल्याण्ड, फ्रान्स, उत्तर कोरिया र श्रीलंकाको जनसङ्ख्या समेत घट्न थाल्नेछ । यो शताब्दीको दोस्रो भागमा अन्य धेरै देशको जनसंख्या घट्ने प्रक्षेपण गरिएको छ जसमा भारत , इन्डोनेसिया , टर्की र युनाइटेड किंगडम छन् ।

सन् २१०० सम्ममा युरोप, अमेरिका र एसियाको जनसङ्ख्या घट्दै जाँदा अफ्रिकामा भने फरक तस्वीर देखिने अनुमान गरिएको छ । अनुमान अनुसार अफ्रिकाको जनसंख्या बढ्दै जानेछ र २१०० सम्ममा १.४ बिलियन बाट ३.९ बिलियन पुग्नेछ । जहाँ अफ्रिकाले हाल विश्वको जनसंख्याको लगभग १८ प्रतिशत भाग ओगटेको छ , यो संख्या सन् २१०० सम्म बढेर ३८ प्रतिशत हुनेछ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०९० को दशकमा पृथ्वीको जनसंख्यामा समग्र गिरावट सुरु हुनेछ । समग्र पृथ्वीको जनसंख्या घटन थाल्नु अघि सम्पूर्ण विश्वको जनसंख्या १०.४ बिलियन हुनेछ ।
एएफपी

प्रतिक्रिया