२३ अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन तर कारोबार खुलेको पहिलो दिन आज (सोमबार) नेप्से २३ दशमलव ६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ अंकमा झरेको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९१ प्रतिशतले घटेर तीन सय ९१ दशमलव ५४ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समुहको सुचक घटेका छन् । जसमध्ये सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव ११ अंकले बढेर १४ दशमलव ४१ अंकमा चढेकोमा ट्रेडिङ समूहको सूचक नौ अंकले बढेको छ । वाणिज्य बैंक समुहको सुचक भने १० दशमलव ११ अंकले घटेर २३ सय ४१ दशमलव ९० अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ३८ दशमलव ८६ अंकले घटेर तीन हजार छ सय नौं दशमलव ६९ अंकमा झरेको छ ।
यसैगरी जलबिद्युत समुहको सुुचक पनि २४ दशमलव छ अंकले घटेर २५ सय १७ दशमलव ६१ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ६६ अंकले घटेर १० हजार दुई सय २६ दशमलव ७८ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ६३ दशमलव २५ अंकले घटेर आठ हजार आठ सय ९६ दशमलव ४० अंकमा झरेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्रालीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ७६ रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा जीवन बिकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव १५ प्रतिशतले घटेर २४ सय ६३ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २३ सय ९० रुपैयाँ अन्तिम मुल्यमा २० करोड ८२ लाख ५६ हजार सात सय ४० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी








प्रतिक्रिया