बुधबार, जेठ १, २०८२

ताजकिस्तानमा ६.८ रेक्टरकाे शक्तिशाली भूकम्प गयाे, चीनमासमेत झट्का

नेपालखोज २०७९ फागुन ११ गते ९:१०

काठमाडाैं । ताजकिस्तानमा ६.८ रेक्टरकाे शक्तिशाली भूकम्प गएको छ । ६.८ म्याग्निच्युडको भूकम्प जाँदा चीनमासमेत झट्का महशुस गरिएकाे बीबीसी हिन्दीले जनाएइकाे छ । युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो ।

समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५ः३७ मा भूकम्प गएको थियो । मृतकको संख्याको बारेमा अहिलेसम्म कुनै समाचार आएको छैन ।

युएसजीएसले प्रारम्भिक जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको जहाँ जनसंख्या निकै कम रहेको जनाएको छ ।

प्रतिक्रिया