शुक्रबार, वैशाख १२, २०८२

मलाइकाको फिटनेस रहस्य

नेपालखोज २०७९ फागुन ११ गते ११:००

काठमाडाैं । मलाइका अरोडा बलिउडकी सबैभन्दा फिट सेलिब्रेटी मध्ये एक हुन् । उनको व्यक्तित्व एवं फिटनेस उदाहरणीय मानिन्छ । मलाइकाले यस्तो फिटनेस कसरी हासिल गरिन त ? उनले आफ्नो शरीरको तौल घटाउने रेसिपी दर्शकहरुसँग सेयर गरेकि छिन्। मलाइकाले आफुले ३ किसिमका मसलाको पानी पिउने कुरा बताएकी छिन् । यस्तो पानीले बोसो काटने र तौल घटाउन मद्दत गर्ने उनको भनाइ छ । मलाइकाले मेथी, ज्वानो र जीराको पानीका बारेमा उल्लेख गरेकि छिन ।

आउनुहोस् हेरौं मलाइकाको यो रेसिपी

पानीमा मिसाउनुहोस् यी चिज : ज्वानो, मेथी र जीरालाई पानीमा भिजाएर पिउँदा तौल घटने मलाइकाको बिश्वास छ । यी तीन चीजको मिश्रणबाट बनेको पानीको सेवनले तौल घटाउने मात्र होइन यसले पाचन क्रियामा पनि सुधार ल्याउँछ । यसबाट ब्लड सुगर समेत नियन्त्रण हुन्छ । यो पानीसँगको तस्बिर सेयर गर्दै मलाइकाले लेखेकी छिन्- उनी दिनरात भिजाइएको मेथी, ज्वानो र जीरा पानी पिइरहेकि छिन् ।

यो पानी पिउँदा हुने फाइदा : यस प्रकारको पानीको सेवनले तौल घटाउन मद्दत त गर्छ नै त्यस बाहेक यसका अरुपनि धेरै फाइदा छन् ।

• यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

• हड्डीको दुखाइ जस्तै जोर्नी र हात – खुट्टाको दुखाइमा आराम मिल्छ।

• पेटमा ग्यास बन्ने वा पेट फुल्ने समस्यामा पनि यो पानीले प्रभावकारि काम गर्छ ।

• एसिडिटीको समस्या हटाउन पनि यस्तो पानी सेवन गर्न सकिन्छ ।

• यो पानी पिउँदा मेटाबोलिज्ममा सुधार आउँछ ।

प्रतिक्रिया