आइतबार, वैशाख १४, २०८२

फिफाद्वारा यस वर्षको ‘द वेस्ट’ अवार्ड रद्ध

नेपालखोज २०७७ जेठ १ गते १८:३२

एजेन्सी । फिफाले यस बर्षको द वेस्ट अवार्ड रद्ध गर्ने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै आएको थियो ।

यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो । स्पेनिस पत्रिका मार्काका अनुसार महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपले कार्यक्रम गर्न नसकिने भन्दै फिफाले अवार्ड रद्ध गरेको हो ।

फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले यस महामारीको सुरुवातै अधिकतम सावधानी अपनाएर यस बिषयको समाधान गरिने स्पष्ट पारेका थिए । फिफाले यसअघि नै, यू–२० र यू–१७ महिला विश्वकप सन् २०२१ फेब्रुअरीसम्म स्थगित गरेको छ ।

प्रतिक्रिया