आइतबार, पुष ६, २०८२

कुमारी बैंकले विद्युतीय सवारी साध नकर्जा प्रदान गर्ने

नेपालखोज २०७९ फागुन १६ गते १०:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडर सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का बीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहजरुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । साथै कर्जाको अवधि आठ वर्षसम्म रहने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी तीन सय चार शाखा सञ्जाल, दुई सय ९४ वटा एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया