बुधबार, जेठ १, २०८२

औषधि कारखाना विस्फोटमा परी दुईको मृत्यु

नेपालखोज २०७९ फागुन १६ गते १५:३८

नयाँदिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा भएको विस्फोटनमा कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम ९जीआईडीसी० मा राति विस्फोट भएको थियो ।

विस्फोटका कारण कारखानामा आगो लगी हुँदा भवनका केही भाग ध्वस्त भएको जनाइएको छ ।

घटनामा दुई जनाको मृत्यु हुनुको साथै र दुई जना घाइते भएको ती घाइतेलाई अस्पताल लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया