बुधबार, जेठ १, २०८२

मस्को नजिक ड्रोन दुर्घटना, रुसले के भन्यो ?

नेपालखोज २०७९ फागुन १७ गते ११:०९

काठमाडौं । रुसको मस्को क्षेत्रमा ड्रोन दुर्घटना भएको खबर छ । यस सम्बन्धमा त्यहाँका गभर्नरले आवासीय क्षेत्रमा आक्रमण गर्ने प्रयासको रूपमा यो ड्रोन पठाइएको हुनसक्ने बताएका छन् ।

रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दिएपछि गभर्नर एन्ड्रे भोरोब्योभको यो बयान आएको हो । युक्रेनले रुस भित्र भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो ड्रोन दुर्घटना भएको ठाउँ रुसको राज्य ऊर्जा कम्पनी गाजप्रोमको एकाइ हो। यो ठाउँ मस्को देखि किलोमिटर टाढा छ ।

गाजप्रोमले रुसको समाचार एजेन्सी नोवोस्तीलाई भने कि कोलोम्ना जिल्लामा कम्पनीको काममा कुनै अवरोध आएको छैन ।

आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, “ड्रोनको लक्ष्य कोलोम्नाको आवासीय क्षेत्र थियो, जसमा कुनै क्षति पुगेको छैन। जनधनको क्षति भने भएको छैन । रुसको सुरक्षा सेवा र अन्य एजेन्सीहरू घटनास्थलमा छन् र अनुसन्धान जारी छ ।

रुसका सञ्चारमाध्यम र अधिकारीहरूले शेयर गरेका तस्बिरहरूमा ड्रोन रुखको बीचमा खसेको र नजिकै हिउँ परेको देख्न सकिन्छ । -बीबीसी हिन्दी

प्रतिक्रिया