जर्मन बुन्डेस लिगा आजदेखि शुरु, एकैदिन ६ खेलमा प्रतिस्पर्धा
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित जर्मन बुन्डेस लिगा आजदेखि शुरु हुँदैछ । फ्रेन्च लिग वान रद्ध भए पनि जर्मन फुटबल लिग (डिएफएल) ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा गर्ने निर्णय गरेको छ ।
जर्मन चान्सलरले सावधानी अपनाएर खेलकुद गतिविधि गर्न ग्रीन लाइटको सिग्नल दिएपछि डिएफएले १६ मे अर्थात आजदेखि लिग आयोजना गर्न लागेको हो ।
कोरोनाका कारण स्थगित रहेको फुटबलका ठुला प्रतियोगिताहरुमा बुन्डेसलिगा पहिलो पटक सुचारु हुँदैछ । लिगका सबै खेलहरु बन्द रंगशालामा हुनेछ ।
बुन्डेस लिगाको पहिलो दिन आज ६ खेल हुनेछ । खेल नेपाली समय अनुसार ७ः१५ बजेपछि शुरु हुनेछ । यस सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । बुन्डेस लिगामा बायर्न शीर्षस्थानमा रहेको छ ।
उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ । पाँच खेल एक समयमा शुरु हुनेछ ।
जर्मन फुटबलले बुन्डेस लिगा सुचारुका लागि एक भेन्युमा ३०० भन्दा बढीलाई प्रवेशमा निशेध गरिएको छ । हरेक टिमको एक सातामा दुईपटक कोरोना परिक्षण गरिने जनाइएको छ ।
प्रतिक्रिया