बुधबार, जेठ १, २०८२

बागेश्वरधाम बाबाले भने- नेपाल हिन्दू राष्ट्र होस्, म नेपाल जान चाहन्छु ।

नेपालखोज २०७९ फागुन १८ गते १६:४५

काठमाडौं । अहिले भारतमा सर्वाधिक चर्चामा रहेका बागेश्वरधाम सरकारका आचार्य पण्डित धीरेन्द्र कृष्ण शास्त्रीले आफूले नेपाल हिन्दु राष्ट्र भएको हेर्न चाहेको कुरा बताएका छन् ।

यसैगरी उनले नेपाल भ्रमण गर्ने इच्छा पनि ब्यक्त गरेका छन । पण्डित धीरेन्द्र कृष्ण शास्त्री अहिले मध्य प्रदेशको टीकमगढ जिल्लामा श्रीराम कथा सुनाइरहेका छन् । त्यसैक्रममा नेपालका एक सांसद मधुसूदन पनि कथा सुन्न पुगेको कुरा नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यसक्रममा उनले बागेश्वर सरकारलाई नेपाल आउने निमन्त्रण दिएको नवभारत टाइम्सले बताएको छ ।

मदुसुदनले फलफूलको टोकरीमा राखेर बागेश्वर बाबालाई ढोगेका थिए । धीरेन्द्र शास्त्रीले नेपालका सांसदलाई स्वागत गर्दै नेपाल हिन्दू राष्ट्र भएको हेर्न चाहेको बताए । त्यसैक्रममा बागेश्वरधाम सरकारले भने, ‘नेपालमा हिन्दी बोलिन्छ कि बोलिँदैन भनी मैले सोधें । मानिसहरूले बोलिन्छ भने । त्यसो भए म पक्कै नेपाल जान्छु । बालाजीको आदेशपछि म अंग्रेजहरूकोमा त गएको थिएँ, नेपाल जानु कुन ठूलो कुरा हो र ? ’

बागेश्वर धाम सरकारको प्रवचन सुन्नका अहिले ठुलो संख्यामा भक्तजन पुग्ने गरेका छन् । उनको लोकप्रियता बढ सँगै बिबाद र आलोचना पनि चुलिएको छ ।

प्रतिक्रिया