बुधबार, जेठ १, २०८२

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुईजनाको मृत्यु

नेपालखोज २०७९ फागुन २० गते ११:५५

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।

प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो ।

सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो ।

इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन् ।

यसैगरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया