मंगलबार, वैशाख ३०, २०८२

अफगानिस्तान : छोरीहरुको अधुरो सपना

नेपालखोज २०७९ फागुन २३ गते ७:५२

एजेन्सी । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि केटीहरूको शिक्षा बिस्तारै ठप्प भयो। अहिले बालिकाहरूले मदरसामा इस्लामिक शिक्षा अध्ययन गरिरहेका छन् । काबुलको उत्तरमा अवस्थित एउटा मदरसाका प्रमुख मन्सुर मुस्लिमले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार विद्यालय बन्द भएका कारण उनको मदरसामा महिला विद्यार्थीको संख्या ४० प्रतिशतले बढेको छ।

सत्तामा आएपछि तालिबानले केटीहरूको माध्यमिक तथा विश्वविद्यालय तहको शिक्षामा प्रतिबन्ध लगाएको थियो । त्यसैले मदरसामा केटीहरुको संख्या बढ्दै गएको छ । १७ वर्षीया मुर्सल तीन महिनाअघि काबुलको मदरसामा भर्ना भएकि थिईन । मुर्सल भन्छिन्, ‘भविष्यमा डाक्टर बन्ने चाहना थियो, तर अहिले त्यो सम्भव छैन। अब यहाँ पढेर शिक्षक मात्र बन्न सक्छु।’ सूचना मन्त्रालयका प्रवक्ता अब्दुल मतीनले सरकारी समितिले मदरसा र अन्य विध्यालयहरूमा धार्मिक विषयहरू समावेश गर्ने कुरामा अध्ययन भैरहेको बताएका छन ।

लगभग ३० वटा मदरसाका विद्यार्थी तथा शिक्षकहरू मध्ये केहीले रोयटर्ससँगको कुराकानिमा इस्लामिक शिक्षाले उनीहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूले अन्य कुराहरू पनि अध्ययन गर्न चाहेको बताएका थिए । दक्षिणपश्चिमी फराह प्रान्तकी एक महिला अधिकार कार्यकर्ता मार्जिया नूरजाइका अनुसार उनकी भान्जीले गत वर्ष हाई स्कूल पूरा गर्नुपर्ने थियो तर त्यो सम्भव भएन र उनी अहिले स्थानीय मदरसामा पढ्दैछिन्। उनी डिप्रेसनमा गएकी हुनाले उनलाई व्यस्त राख्न पनि त्यहाँ पठाइएको हो ।

प्रतिक्रिया