शनिबार, पुष ५, २०८२

ईरानमा बालिकाहरु माथि रहस्यमय हमला

नेपालखोज २०७९ फागुन २३ गते १८:४२

एजेन्सी । इरानका अनेकौं भागका विद्यालयहरूमा ‘रसायनिक आक्रमण’ जारी छ । २४ घण्टामा त्यहाँ १०० भन्दा बढी बालिका विद्यालयमा यस्ता हमला भएको समाचार छ । यसमा लगभग सत प्रतिशत घटना केटीहरूको विद्यालय लक्षित छन् । इरानी सञ्चारमाध्यमहरुका अनुसार नोभेम्बर २०२२ देखि अहिलेसम्म २४ सयभन्दा बढी घटना रिपोर्ट गरिएका छन् । यद्यपी यस विषयमा आधिकारिक तथ्यांक भने दिइएको छैन । आक्रमणमा कुनै किसिमको विषालु ग्यासको प्रयोग भएको चिकित्सकहरुको अनुमान छ ।

मार्च ६ मा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले यी आक्रमणहरूलाई अक्षम्य अपराध भने । उनले भने ‘दोषीलाई कडा कारबाही हुनुपर्छ, त्यस्ता व्यक्तिलाई माफी हुँदैन।’ यी रहस्यमय आक्रमणको खबर नोभेम्बर २०२२ देखि आउन थालेको हो । त्यसयता सयौं बालिका प्रभावित भएका छन् । इरान सरकारका अनुसार सोच बिचार पुर्याएर गरिएको यस्तो षडयन्त्रमा केटीहरूलाई निशाना बनाइएको हुनसक्छ । यसका पछाडि कट्टरपन्थी तत्वहरू हुन सक्छन् जो बालिका शिक्षाको विरुद्धमा छन्।

इरानमा महिला प्रदर्शन सुरु भएको पाँच महिनापछि आक्रमणको घटना भएको हो। यस्तो अवस्थामा यी हमला आन्दोलनमा उनीहरुको सहभागिता वा समर्थनसँग सम्बन्धित हुन सक्ने सम्भावना पनि छ । यस विषयमा ह्वाइट हाउसको बयान पनि आएको छ । ह्वाइट हाउसले इरानमा विद्यालयका छात्राहरु माथिको यस्तो घटनाको अनुसन्धान संयुक्त राष्ट्रसंघको मातहतमा आउन सक्ने बताएको छ ।

ह्वाइट हाउसका एक प्रवक्ताका अनुसार , ‘यदि यी घटना कुनै पनि तरिकाले विरोध प्रदर्शनको सहभागितासँग सम्बन्धित छन् भने, तिनीहरू संयुक्त राष्ट्रद्वारा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको अधीनमा हुन सक्छन् । यसको स्वतन्त्र र विश्वसनीय अनुसन्धान हुनुपर्छ र जिम्मेवार व्यक्तिहरू माथि कारवाहि गरिनुपर्छ ।

प्रतिक्रिया