सुरक्षा र मानवबीच इन्गेजमेन्ट, भोलि विहे
नेपालखोज
२०७९ फागुन २४ गते १६:४३

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ ।
फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’
बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।
भोलि भरतपुरमा वैवाहिक कार्यक्रम हुँदैछ । सुरक्षा र मानव ६ वर्षदेखि प्रेममा थिए ।
सम्बन्धित
प्रतिक्रिया