सतीश कौशिकको निधन

भारत । बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान निधन भएको छ । यसबिषयमा जानकारी दिँदै उनका नजिकका साथी अनुपम खेरले ४५ वर्षदेखिको मित्रता आज पूर्णरुपमा टुटेको उल्लेख गरेका छन् । उनले लेखेका छन् – सतीश बिनाको जीवन फेरि उस्तै हुने छैन । ४५ वर्षको मित्रतामा पूर्णविराम…
सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको उनको नजिकका साथी अनुपम खेरले पुष्टि गरेका हुन् । आफ्ना साथीलाई श्रद्धाञ्जली दिँदै अनुपम खेरले लेखेका छन्, ’मलाई थाहा छ मृत्यु नै यो संसारको अन्तिम सत्य हो । तर म जिउँदै छदैं मेरो सबैभन्दा मिल्ने साथी सतीश कौशिकका बारेमा लेख्छु भनेर सपनामा पनि सोचेको थिइनँ । ४५ वर्षको मित्रतामा यस्तो अचानक पूर्णविराम । तिमी बिनाको जीवन कहिल्यै उस्तै हुँदैन, सतीश । ओम शान्ति !’
हरियाणाको महेन्द्रगढमा १३ अप्रिल १९५६ मा जन्मिएका सतीश कौशिकले १९८३ मा आएको फिल्म ‘मासूम’ बाट आफ्नो अभिनय करियरको सुरुवात गरेका थिए । त्यसपछि उनले करिब १०० फिल्ममा काम गरे । सन् १९९३ मा ‘रूप की रानी चोरों का राजा’ बाट उनले फिल्म निर्देशनको दुनियाँमा पाइला टेकेका थिए र करिब एक दर्जन फिल्म निर्देशन गरेका थिए । सतीश कौशिकले हरेक विधामा काम गरे तर उनको कमेडीको कुनै जोड थिएन । सतिश दिल्ली नाटय विद्यालयका उत्पादन थिए ।
प्रतिक्रिया