५० करोडको बैदेशिक रोजगार बचतपत्र बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र ‘२०८४’ क (५ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बेंकको भनाई छ ।
बचतपत्रको बिक्री खुल्ला हुने अवधि यही फागुन १४ गते देखि २०७९ चैत्र तीन गतेसम्म तोकिएको छ । निष्काशन मिती भने २०७९ चैत्र १० गते तोकिएको बचतपत्रको साँवा भुक्तानी अवधि भने २०८४ चैत्र १० गते तोकिएको छ । बार्षिक १२ दशमलव ५० प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी भने अर्धबार्षिकरुपमा हुुने छ ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यहरु अर्थात बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।
बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा बित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, प्रभुु बैंक, सनराईज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट प्राली सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली, आईएमई लिमिटेड, एनएमबी बैंक लिमिटेड, ग्लोवल आईएमई बैंक, नेपाल बैंक र इसेवा मनी ट्रान्सफर सहितका १५ वटा वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया