शुक्रबार, वैशाख १२, २०८२

‘२.० छड्के’ फ्लप भएपछि अनमोल भन्छन्, ‘म चुकेँ’

नेपालखोज २०७९ फागुन २६ गते १३:४१

काठमाडौं । ‘छड्के २.०’ का नायक अनमोल केसीले आफू परिपक्क बन्न नसकेको स्वीकार गरेका छन् । ‘छक्कापञ्जा ४’ सँग जुधेको फिल्म फल्प भएपछि सामाजिक सञ्जालमा लेख्दै गल्ती स्वीकारेका हुन् ।

उनले भनेका छन्, ‘मलाई माया गर्ने दर्शकलाई दुखी बनाएको छु । जस्को कारणले उहाँसम्म आइपुगे, उहाँलाई निराश पाउँदा म दुखी छु ।’ नवौँ सिनेमासम्म आएपुग्दा जुन परिपक्क हुनुपथ्र्यो, त्यहाँनेर म चुकेँ उनले भनेका छन् ।

‘अब नवौँ पछिको दशौँ सिनेमा दश पछिको शुन्य हटेपछि ‘एक’ अर्थात आज म शुन्यमा छु र मेरो करियरको दोस्रो सत्रको सुरुवात अबको सिनेमाबाट हुनेछ ।’अनमोलले भने ।

प्रतिक्रिया