नेपालका लागि सुजुकीको दुई न्यु नयाँ एसयूभी द ग्रान्ड भिटारा तथा ब्रेजा सार्वजनिक

काठमाडाैं । नेपालका लागि सुजुकीको आधिकारिक वितरक तथा CG Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG Motocorp तथा CG NXTGEN ले नेपालमा दुई नयाँ एसयूभी द ग्रान्ड भिटारा तथा ब्रेजा सार्वजनिक गरेको छ।
द ग्रान्ड भिटारा सुजुकीको चर्चित मोडल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै Crafted Futurism Design Language प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्छ । सुजुकीको लेजेन्डरी All-Grip टेक्नोलोजीले यो एसयूभीको अफ–रोड क्षमता बढाउँछ ।
यो सेग्मेन्टका एसयूभीमा नभएका थुप्रै नयाँ फिचर्सहरु यो गाडिमा पाउन सकिन्छ । ग्रान्ड भिटारामा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने Full Hybrid प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ। पुरानो संस्करणको भिटारा ब्रेजा नेपालमा सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनरेसनको आराम र सुविधाजनक फिचर्सहरु उपलब्ध गराईएको छ ।
यो स्पोर्टी एसयूभीमा स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फमेन्स, उन्नत सुरक्षा सुविधाहरु प्रदान गरिएका छन । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरु छन् जुन सहर र हाईवेहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।
के छ न्यु ग्रान्ड भिटारामा ?
क्राफ्टेड फ्युचरिज्म डिजाइन : भविष्यबाट प्रेरित यसको डिजाइन नेपाली ग्राहकको रोजाईसँग मेल हुने खालको छ । यो डिजाइनका तीन मुख्य आधार छन ।
१- NEXpressionM कलात्मक रुपमा डिजाइन गरिएको
२- NEXtechM नयाँ युगको प्रविधि जुन नयाँ पिडिका ग्राहकहरुको रोजाईमा पर्दछ।
३-NEXperienceM Experience यसले प्रिमियम सुजुकी गाडी चलाएको अनुभव दिन्छ।
ग्रान्ड भिटारा दुई फरक इन्जिन विकल्पमा उपलब्ध छन्।
• १.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन
• दोहोरो पावर प्रणाली : विद्युतीय मोटर र पेट्रोल इन्जिन
• आफै चार्ज हुने र energy regeneration प्रबिधि युक्त पावरफुल इलेक्ट्रिक हाइब्रिड इन्जिन
• फरक- फरक बाटोका लागि फरक – फरक ड्राइभ मोड : EV , Eco , Power and Normal .
• उत्कृष्ट पावर र पिकअप
• राम्रो माइलेज २७.९७ कि.मि. प्रतिलिटर
प्रोग्रेस्सिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के–सिरिज, १.५ लि. डुअल जेट डुअल VVT इन्जिन
• ब्रेक इनर्जी रि–जेनरेसन र टर्क असिस्ट
• आइडल स्टार्ट स्टप
• २१.११ कि.मी. प्रतिलिटरसम्म माइलेज
उत्कृष्ट अफ–रोडिङ क्षमता
• रमाइलो र आनन्दको ड्राइभ
• सुरक्षित
• चालकले छान्न सक्ने मोडहरु Auto, Sport, Snow and Lock drive modes .
नेक्स्ट–जेन पावरट्रेनका साथै द ग्रान्ड भिटारामा नेक्स्ट–जेन प्रबिधिहरु पनि छन् ।
• रंगीन हेड्स अप डिस्प्ले
• ३६० डिग्री क्यामेरा तथा पार्किङ सेन्सर
• २२.८६ से.मी. (९”) स्मार्ट प्ले प्रो + इन्फोटेनमेन्ट सिस्टम
• प्रमाणित वायरलेस चार्जर
ग्रान्ड भिटारामा भएको आकर्षक फिचरहरु
• प्यानारोमिक सनरुफ
• पूर्ण डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर
• भेन्टिलेटेड सीट
• सुजुकी टेक्ट प्लेटफार्म (विश्वव्यापी सी–प्लेटफार्म) मा निर्मित ग्रान्ड भिटारा सुजुकी सुरक्षा शिल्डद्वारा सुरक्षित छ ।
• ६ वटा एयरब्याग
• इलेक्ट्रोनीक स्टेबिलिटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथन चारवटै चक्कामा डिक्सब्रेक ।
• टायर प्रेसर मोनिटरिङ सिस्टम
आधुनिक र आरामदायक इन्टेरियर
• स्पोर्टी अनुभवका लागि ड्युल टोन कालो र ब्राउन इन्टेरियर (डाइनामिक हनीकोम्ब प्याटर्न चालकको आराम र सुविधालाई ध्यान दिई बनाएको इन्टेरियर, थप आकर्षक बनाउन इन्स्ट्रुमेन्टल प्यानलमा सिल्वर फिनिश ।
• गुणस्तर र प्रिमियम ड्यासबोर्ड डिजाइन
• फरक ड्राइभिङ अनुभवका लागि इन्टेरियर एमबिएन्ट लाइट
• फराकिलो इन्स्ट्रुमेन्टल प्यानल तथा रंगिन मल्टी इन्फरमेसन डिस्प्ले
• फराकिलो पछाडीको सिट जसले लामो दुरीको यात्रालाई आरामदायक बनाउँछ ।
नयाँ–पुस्ताका ग्राहकहरुको लागि नेक्स्ट–जेन टेक्नोलोजी
• रंगीन हेड्स अप डिस्प्ले
• ३६० डिग्री क्यामेरा तथा पार्किङ सेन्सर
• २२.८६ सेमी (९”) स्मार्ट प्ले प्रो+इन्फोटेनमेन्ट सिस्टम
• क्यूआई–प्रमाणित वायरलेस चार्जर
चौतर्फी सुरक्षा
• ६ वटा एयरब्याग
• सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलीटी कन्ट्रोल र हिलहोल्ड असिस्ट
• २०+ सुरक्षा सुविधाहरुः रिभर्स पार्किङ सेन्सर, हाई–स्पीड अलर्ट सिस्टम, ISOFIX चाइल्ड सिट रिस्ट्रेन्ट सिस्टम, आदि
नेक्स्ट–जेन पावरट्रेन र ट्रान्समिसन
• प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के– सिरिज, १.५ लि. डुअल जेट डुअल भीभीटी इन्जिन
• २०.१५ कि.मी. प्रतिलिटरसम्मको माइलेज ।
प्रतिक्रिया