मंगलबार, वैशाख ३०, २०८२

चिनियाँ राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाई

नेपालखोज २०७९ फागुन २६ गते २०:०३

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन् ।

राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् ।

चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुगेका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकलाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् ।

रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढ गर्नका लागि राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ । रुसी राष्ट्रपति पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बताएका छन् ।

प्रतिक्रिया