ओयो मालिक रितेशका बुबाको २० औं तलाबाट खसेर मृत्यु

काठमाडाैं । ओयो होटल्सका मालिक रितेश अग्रवालका बुवा रमेश अग्रवालको २० औं तलाबाट खसेर मृत्यु भएको छ । पूर्व डीसीपी वीरेन्द्र विजका अनुसार रमेश अग्रवाल गुडगाउँको सेक्टर ५४ मा रहेको डीएलएफ द क्रेस्ट भवनको २० औं तलाबाट खसेका थिए ।
पुलिसले यसमा CrPC को धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ। सेक्टर ५३ का एसएचओको टोली घटनास्थलमा पुगेको डीसीपीले बताए भने पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ ।
अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार शुक्रबार दिउँसो करिब एक बजे सुरक्षा गार्डले कोही तल खसेको थाहा पाए । त्यसपछि रमेश अग्रवाललाई तत्काल निजी अस्पताल लगिएको थियो ।
रितेश अग्रवालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म र मेरो परिवारलाई यो जानकारी गराउन चाहन्छौं कि हाम्रा मार्गदर्शक र हाम्रो शक्ति, मेरा पिता रमेश अग्रवालको १० मार्चमा निधन भएको छ । उहाँले पूर्ण जीवन बिताउनुभयो र म सहित अरू धेरैलाई प्रेरित गर्नुभयो। दुखको यस घडीमा हाम्रो गोपनीयताको ख्याल गरिदिन अनुरोध गर्दछौं।
प्रतिक्रिया